
Apr 21 2025 | २०८२, वैशाख ८ गते
ललितपुर । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा निर्माणाधिन भलिबल कभर्डहलको निरिक्षण र अनुगमन भएको छ । वागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री जीवन खड्काले अनुगमन तथा निरिक्षण गरेका हुन् ।
कभर्डहलको अनुगमन गर्दै पार्केट र म्याट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको केन्द्रका अध्यक्ष माधव खड्काले अनलाइन पत्रिकालाई बताए । खड्काले भने, 'हामीले प्रशिक्षण केन्द्रको एउटा उत्कृष्ट हलको निर्माण चाँडै पूरा गर्नेछौं ।'
तस्वीर : निलम बज्राचार्य
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij