
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं
कोरोना भाइरसको संक्रमण आज ७३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० हजार १३ जनामा परीक्षण गरिएकोमा ७३४ संक्रमण पुष्टि गरेको छ । तथ्यांकअनुसार नेपालमा सङ्क्रमणको दर १९।२ प्रतिशत पुगेको छ । यस्तै सक्रिय संक्रमित २४ हजार ३१३ जना रहेका छन् । ५०० भन्दा बढी सङक्रमित भएका जिल्ला १० र २०० भन्दा बढी संक्रमित हुने जिल्ला १९ पुगेका छन् ।
संक्रमणबाट निको भई आज एक हजार ४१३ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४९ हजार २१३ कोरोनामुक्त भई घर फर्किएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९५।५ प्रतिशत रहेको छ । यस्तै संक्रमणबाट विगत २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ४० जनाको निधन भएको छ । नेपालमा प्रति दश लाखमा ३७२।१ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ३९० जना सघन उपचार कक्ष ९आईसीयू०, ११७ जना भेन्टिलेटर, २२ हजार ८६४ जना होम आइसोलेसन, एक हजार ४४९ जना संस्थागत आइसोलेसन र २४८ जना क्वारेन्टिनमा रहेका छन् । आज २१ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख ३ हजार ३१६ जनाले पहिलो मात्रा र ५५ लाख ७८ हजार ८६५ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij