Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कार्यसम्पादनमा अब्बल ललितपुर दोश्रो नम्बरमा, प्रमुख जिल्ला अधिकारी निरौला दंग !

कार्यसम्पादनमा अब्बल ललितपुर दोश्रो नम्बरमा, प्रमुख जिल्ला अधिकारी निरौला दंग !

  • ६ पुस २०७७ देखि ललितपुरको प्रमुख जिल्ला अधिकारी जिम्मेवारी सम्हाल्दै आएका निरौलाले जिल्लाको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह र विकास निर्माण अनुगमनलगायतका विषयलाई थप प्राथमिकताका साथ हेरिरहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । गृह मन्त्रालयको उत्कृष्ट कार्यसम्पादन मुल्यांकनमा ललितपुर दोश्रो नम्बरमा पर्न सफल भएको छ । मन्त्रालयले तय गरेका ६ वटा विषयगत क्षेत्रका आधारमा आर्थिक वर्ष २०७७।७८ को वार्षिक कार्यसम्पादनमा ७७ जिल्लामा द्धितिय पुरस्कार पाउन सफल हो । गृह मन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार कार्यसम्पादन मुल्यांकनको नतिजामा ललितपुर दोश्रो नम्बरमा परेको हो । 

    AGNI GROUP

    कार्यसम्पादनमा दोश्रो नम्बरमा आउनु खुसीको कुरा भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । आफूले गरेको कार्यसम्पादनको आधारमा गृहले गरेको मुल्यांकनले आगामी दिनको कार्यसम्पादनमा थप उत्साह थपेको प्रजिअ निरौलाको भनाई छ ।

    शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र आर्थिक अनुशासनको आधारमा कार्यसम्पादन मूल्यांकन नतिजा निकालिएको गृह मन्त्रालयले जनाएको छ ।

    ६ पुस २०७७ देखि ललितपुरको प्रमुख जिल्ला अधिकारी जिम्मेवारी सम्हाल्दै आएका निरौलाले जिल्लाको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमनलगायतका विषयलाई थप प्राथमिकताका साथ हेरिरहेका छन् ।

    richha.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij