Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पीसीर नेगेटिभ आएमा ढुक्क नहुनुस्, एकपटक स्क्रब टाइफस परीक्षण गर्नुहोला !

पीसीर नेगेटिभ आएमा ढुक्क नहुनुस्, एकपटक स्क्रब टाइफस परीक्षण गर्नुहोला !

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आएपनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । 

    images
    images
    images

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘स्क्रब टाइफस’ रोग देखिन थालेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको बताएका हुन् ।

    कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो ।

    मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आएपनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij