Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

मनोहरा खोलाले बगायो, शंखमुल आइपुग्दा महिलाको निधन

मनोहरा खोलाले बगायो, शंखमुल आइपुग्दा महिलाको निधन

  • महानगरीय प्रहरी प्रभाग मंगलबजारका इन्चार्ज प्रहरी निरिक्षक रामकृष्ण श्रेष्ठको नेतृत्वमा प्रहरीद्धय विष्णु बुढाथोकी र ओमकुमार बोहोराले महिला उद्दारका लागि बाढी आइरहेको खोलामा पसेका थिए ।

    images
    images
    images

    ललितपुर । दिउँसो महानगरीय प्रहरी प्रभाग मंगलबजारमा एउटा सूचना टिपोट भयो । त्यो सूचना थियो, ‘शंखमुलस्थित बालकुमारी पुल हुँदै वागमती खोलाले मानिस बगाएको छ ।'

    images

    सूचना लगत्तै प्रहरी प्रभागको टोली घटनास्थल पुग्यो । मंगलबजारका इन्चार्ज प्रहरी निरिक्षक रामकृष्ण श्रेष्ठको नेतृत्वमा प्रहरीद्धय विष्णु बुढाथोकी र ओमकुमार बोहोराले महिला उद्दारका लागि बाढी आइरहेको खोलामा पसे । प्रहरीद्धयले आफ्नो ज्यानको परवाह नगरि खोलामा हामफालेर महिलालाई किनारामा ल्याए । तत्कालै उद्दारका लागि पाटन अस्पताल पु¥याइयो ।

    'भक्तपुरको मनोहरा खोलाबाट बगाउँदै ल्याएको जानकारी आएको छ ।' मंगलबजारका प्रहरी निरिक्षक श्रेष्ठले भने, 'अस्पतालबाट महिलालाई बचाउन नसकिएको जानकारी प्राप्त भएको छ ।' घटनाको सम्बन्धमा थप खोजी भइरहेको प्रहरीले जनाएको छ । 

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij