Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

पाटन पसेर प्रफुल्लित प्रधानमन्त्री देउवा

पाटन पसेर प्रफुल्लित प्रधानमन्त्री देउवा

  • प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको कुम्भेश्वर महादेव र मन्दिरको गजुरको पूजा गरी मन्दिरको उद्घाटन गर्नुभएको छ ।

    images
    images
    images

    ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाबाट कुम्भेश्वर मन्दिरको उद्घाटन सम्पन्न भएको छ । प्रधानमन्त्रीले कुम्भेश्वर महादेव र मन्दिरको गजुरको पूजा गरी मन्दिरको उद्घाटन गर्नुभएको पुजारी माधव श्याम शर्माले बताए । प्रधानमन्त्री र पत्नी आरजु देउवा राणाले पुजा अर्चना गर्नुभएको थियो ।

    images

    बैशाख १२ र २९ गते आएको भुकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो । करिब २ करोड ८२ लाख रुपियाँको लागतमा जिर्णोद्धार सम्पन्न भएको बताइएको छ । मन्दिर जिर्णोद्धार समितिको संयोजकहरुमा टोल सुधार समितिका अध्यक्ष अरोज खड्गी, कुम्भेश्वर मन्दिरका पुजारी माधव श्याम शर्मा र बंगलामुखी मन्दिरका पुजारी पुष्प कपाली रहनुभएको छ भने सदस्यहरुमा भण्डारी बालकृष्ण श्रेष्ठ, प्रेमलाल महर्जन, अजरमान जोशी, रवि खनाल, सर्वेन्द्र खड्गी र प्रणव श्रेष्ठलगायत हुनुहुन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij