Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

अपार्टमेन्टभित्रको गोप्य धन्दा : ललितपुर प्रहरी परिसरको छापा

अपार्टमेन्टभित्रको गोप्य धन्दा : ललितपुर प्रहरी परिसरको छापा

  • महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार भवनका चारवटा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन भईरहेको र ग्राहकहरुको ठेगानासहितको लेजरबुक पनि फेला परेको छ । 
     

    images
    images
    images

    ललितपुर । पुल्चोकस्थित एक अपार्टमेन्टबाट यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले त्यस भवनबाट यौनधन्दा सञ्चालन भइरहेको सूचनापछि छापा मारेको थियो ।

    images

    प्रहरीका अनुसार केही व्यक्तिले भवन भाडामा लिई केही युवतीहरुलाई त्यहीँ राखेर लामो समयदेखि यौन व्यवसाय सञ्चालन गर्दै आएका थिए । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार भवनका चारवटा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको भेटिएको छ । कोठाबाट यौन सम्पर्कको लागि आएका ग्राहकहरुको ठेगानासहितको लेजरबुक पनि फेला परेको छ । 
     

    प्रहरी परिसरले झापाका राजेश अग्रवाल, रुकुमकी ललिता विक, बर्दियाका सुनील विष्ट, मकवानपुरकी गीता खड्गी, बालाजुकी क्रिष्टिना केसी, सिन्धुपाल्चोककी निर्मला न्यौपाने र पनौतीका प्रतिक कर्माचार्यलाई हिरासत राखेको जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij