
Jun 08 2025 | २०८२, जेठ २५ गते
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले प्रहरी प्रभाग बुंगमती टेकेर प्रहरी कर्मचारीहरूलाई प्रभावकारी ढंगले छिटोछरितो सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।
ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्य निरिक्षणका लागि महानगरीय प्रहरी प्रभाग बुंगमती पुग्नुभयो । बुंगमती प्रहरी प्रभाग टेकेर प्रहरी कर्मचारीहरूलाई प्रभावकारी ढंगले छिटोछरितो सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।
कोभिड १९ को संक्रमण फैलिरहेको अवस्थामा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई सुरक्षितरुपमा सेवा प्रवाह गर्न आवश्यक निर्देशन दिनुभयो । साथै, प्रभाग बुंगमतीको वडा क्षेत्र अन्तर्गत बसोबास गर्ने जिम्मेवार नागरिकहरुसँग सो क्षेत्रको शान्ति सुरक्षा तथा प्रहरीले आगामी दिनमा गर्नुपर्ने कार्य सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम समेत सम्पन्न भयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij