Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोरोना कहर : देशभर ३९ हजार ४ सय ५ सक्रिय संक्रमित

कोरोना कहर : देशभर ३९ हजार ४ सय ५ सक्रिय संक्रमित

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६७७ जनामा कोरोना पुष्टि भएको हो ।

    यस्तै सोही अवधिमा थप २० संक्रमितको मृत्यु भएको छ भने १ हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा कुल संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ भने हाल देशभर ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

      

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij