
Apr 22 2025 | २०८२, वैशाख ९ गते
गृह मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भन्दै सबै आइसोलेशन, मेडिकल कलेजहरु र अस्पतालहरुलाई व्यवस्थापन गर्न आग्रह गरेको छ ।
काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भन्दै आवश्यक तयारीमा जुट्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले तेस्रो लहरको सम्भावनालाई मध्यनजर गरेर सबै आइसोलेशन, मेडिकल कलेजहरु र अस्पतालहरुलाई व्यवस्थापन गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा पहिलो र दोस्रो लहरका बेला सूचिकृत गरिएका अस्पतालहरु स्थागन गरिएकाले पुनस् व्यवस्थापन गर्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्ने सचिव स्तरिय निर्णय साउन २५ गते नै भएको जनाइएको छ ।
विज्ञप्ति
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij