Jun 14 2026 | २०८३, जेठ ३१ गते
भुटानले दिएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको तीन लाख डोज खोप काठमाडौं आइपुगेको छ ।
काठमाडौं । भुटानले दिएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको तीन लाख डोज खोप काठमाडौं आइपुगेको छ । भुटानले पठाएको एस्ट्राजेनेकाको तीन लाख डोज खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
सो खोप कोभिशिल्डको पहिलो डोज लगाएर दोस्रोको पर्खाइमा रहेका जेष्ठ नागरिकसहितलाई लगाउने तयारी सरकारले गरेको छ ।
कोभिशिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा १४ लाखभन्दा बढी रहेका छन् । केही दिनमै जापानबाट पनि १६ लाख डोज एस्ट्राजेनेका खोप काठमाडौं ल्याइने छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij