
Jun 08 2025 | २०८२, जेठ २५ गते
प्रहरी संगठनको गरिमालाई इमान्दारीतापुर्वक पालना गरेको भन्दै वडाध्यक्ष विकासमान श्रेष्ठले प्रहरी नायब निरीक्षक सुरेन्द्र बहादुर टेरलाई सम्मान गरेको हो ।
ललितपुर महानगरपालिका वडा ५ ले महानगरिय प्रहरी प्रभाग लगनखेलका इन्चार्ज प्रहरी नायब निरीक्षक सुरेन्द्र बहादुर टेरलाई सम्मान गरेको छ । प्रहरी संगठनको गरिमालाई इमान्दारीतापुर्वक पालना गरेको भन्दै वडाध्यक्ष विकासमान श्रेष्ठले सम्मान गरेको हो ।
शान्ति सुरक्षामा अब्बल रहेर वडाको सुरक्षामा अहोरात्र खटेको भन्दै प्रहरी नायब निरीक्षक टेरको प्रशंसासमेत भयो । वडाध्यक्ष श्रेष्ठले महानगरिय प्रहरी प्रभाग लगनखेलको इन्चार्जमा नयाँ जिम्मेवारी पाएका बबी बमजमलाई समेत स्वागत गर्दै सुरक्षामा कुनै सम्झौता नगर्न सुझाव समेत दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij