Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

चिरिबाबुले सुम्पे सितारामलाई नयाँ 'हतियार'

चिरिबाबुले सुम्पे सितारामलाई नयाँ 'हतियार'

  • यो पुलिस एक्सन टिमले महानगरभित्र कुनैपनि समस्या आइपरे तत्कालै उद्दारको लागि खटिने टोलीको रुपमा विकास गरेको महानगर नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले बताए ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । ललितपुर महानगरपालिकाले ‘पुलिस एक्शन टिम’ गठन गरेको छ । महानगर नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुको नेतृत्वमा पुलिस एक्सन टिम गठन भएको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरवासीलाई एउटा सहयोगी टिम बन्ने विश्वास व्यक्त गरे ।

    AGNI GROUP

    यो पुलिस एक्सन टिमले महानगरभित्र कुनैपनि समस्या आइपरे तत्कालै उद्दारको लागि खटिने टोलीको रुपमा विकास गरेको हाछेथुले बताए । महानगरमा अव्यवस्थित तारको जालो, बाढीको समस्या र अन्य फुटपाथ समस्यालाई निवारण गर्न यो समूह सक्रिय रहने बताइएको छ । अहिले यो टिमका १५ जना रहनेछ । 

    महानगरभित्र नगर प्रहरी बलको दैनिक अपडेट लिने गरेकी उपमेयर गीता सत्यालले भनिन्, ‘यो नयाँ प्रयोग हो, जसले महानगरवासीलाई राहत दिनेछ ।'

    पुलिस एक्सन टिमका इन्चार्ज हाछेथुलाई प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने, ‘महानगरवासीलाई सहजता दिलाउन कुनै कसर बाँकी नराख्नुस्, हामी साथमा छौं ।'

    sitaram - Copy.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij