
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ । त्यस्तै उक्त अवधिमा १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।
त्यस्तै गत २४ घण्टामा १ हजार ३७३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij