Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

स्काउटको दिक्षान्तमा गदगद गजेन्द्र

स्काउटको दिक्षान्तमा गदगद गजेन्द्र

  • नगर स्काउटले गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जन, उप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद उपाध्यायलाई दीक्षित गरेको हो ।

    images
    images
    images

    ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा रहेको नगर स्काउटले नगर प्रमुख सहित उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई दिक्षान्त गरेको छ । गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका भएको छ । नगर स्काउटले नगर प्रमुख गजेन्द्र महर्जन, उप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद उपाध्यायलाई दीक्षित गरेको हो । दिक्षित पदाधिकारीहरुलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । 

    images

    कार्यक्रममा विशेष अतिथि रुपमा बोल्दै वरिष्ठ संचारकर्मी एबम रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले स्काउटको विकासका लागि गोदावरी नगरपालिकाले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै नगर पदाधिकारीलाई धन्यवाद ज्ञापन गरे ।

    त्यस्तै, नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले विपद्मा स्काउटले खेलेको भुमिकाको प्रशसा गदै स्काउटका गतिविधि जनताको माझ पुराउन आगामी दिनमा स्काउट र पत्रकारका महासंघबीच सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नगरभित्रका १४ वडाका वडाध्यक्ष, गोदावरी शिक्षक महासंघ, प्याब्सन, विभिन्न नगरपालिकाका स्काउट संयोजक, रोभर रेन्जर लगायतको उपस्थिति रहेको थियो । स्काउटको विकासका लागि गोदावरीले यो आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij