Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

यहाँको खोज कता, खोप लगाउने यता !

यहाँको खोज कता, खोप लगाउने यता !

  • जोन्सन एण्ड जोन्सन कम्पनीको उत्पादक अमेरिकी खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई र अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ लगाइने छ ।

    images
    images
    images

    काठमाडौं । आजदेखि जोन्सन एण्ड जोन्सन कम्पनीको उत्पादक अमेरिकी खोप लगाउन सुरु हुँदैछ । एक डोज मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको यो खोप अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको हो । जोन्सन एण्ड जोन्सन कम्पनीको उक्त खोप निश्चित उमेर समूह र अपांगता भएका मान्छेले आजबाट लगाउन पाउने भएका हुन् ।

    कसले लगाउन सकिन्छ ? 

    स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उक्त अमेरिकी खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई र अपांगता भएका व्यक्तिहरु (क) र (ख) वर्ग लाई प्राथमिकताका साथ लगाइने छ । यसका साथै नेपालमा बसोबास गरिरहेका शरणार्थी र सफाईकर्मीलाई पनि सो खोप लगाइँदै छ । आज साउन ४ गतेदेखि ६ गतेसम्म ३ दिन मात्र उक्त लगाइनेछ । अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रममार्फत जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार डोज नेपाललाई अनुदानमा दिएको हो ।khop kendra.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij