
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको गोदामचौरस्थित गणेश मन्दिरमा दलित समुदायबाट मूल पुजारी घोषणा गरिएको छ । मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो । सनातन गोरक्ष राष्ट्र नेपालको कार्यक्रममा पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गरेका हुन् ।
उनलाई जातीय विभेदमुक्त समाज निर्माणका लागि र मानव जातलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पुजारी बनाइएको बताए । क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले विभेदमुक्त समाज निर्माणका लागि सनातन गोरक्ष राष्ट्र नेपालले अगाडि सारेको अभियान सराहनीय रहेको बताएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij