
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण दर बढ्न थालेको छ । पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको सङ्ख्या सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको हो ।
काठमाडौं महानगरपालिकाले जनाए अनुसार एक हप्ता अघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो भने अहिले ११ प्रतिशतले बढेको हो । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देखिने गरेको थियो । सङ्क्रमण दर बढ्दा महानगरले ३२ वडामा १६ केन्द्र बनाएर परीक्षण गरेको थियो । विगतका दैनिक एक हजार ५०० सम्म परीक्षण गर्दै आएको महानगरले परीक्षणलाई पनि घटाएर १५० मा झारेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij