Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

निषेधाज्ञा खुकुलो, कोरोनाको हिसाब उकालो

निषेधाज्ञा खुकुलो, कोरोनाको हिसाब उकालो

  • स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने, ‘संक्रमणको जोखिम टरेको छैन । जनस्वास्थ्यका मापदण्डलाई पूर्णतः कार्यान्वयन गरौं ।’

    images
    images
    images

    काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ जनाको कोरोना परीक्षण गर्दा ५९ हजार १ सय ७७ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा नेपालमा संक्रमणको अवस्था २१ दशमलव ८७ प्रतिशत हुन आउँछ । २० असारयता बुधबारसम्म ४४ हजार १ सय १ सय ४२ जनाको कोरोना परीक्षण गर्दा ९ हजार ८ सय ३८ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा २२ दशमलव २८ प्रतिशत संक्रमणदर रहेको हुन आउँछ ।


    भौतिक दूरी कायम नहुँदा र आवतजावतका क्रममा मास्कको समुचित प्रयोगमा ध्यान नदिँदा पनि जोखिम बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमितको संख्यामा कमी देखिएपनि जोखिम यथावत् रहेको बताए । उनले भने, ‘संक्रमणको जोखिम टरेको छैन । जनस्वास्थ्यका मापदण्डलाई पूर्णतः कार्यान्वयन गरौं ।’

    यो समाचार प्रशान्त वलीले राजधानी दैनिकमा लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij