
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ७ देविचौर बस्ने १० वर्षीय जाकेस तामाङको करेन्ट लागेर मृत्यु भएको छ । खोलामा पौडी खेल्न गएका जाकेससहित दुई जनालाई पोलबाट लत्रिएर पानीमा खसेको बिजुलीको तारबाट करेन्ट लागेको बताइएको छ ।
महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उपचारका लागि तत्कालै आन्नद बन अस्पताल पठाएको र उपचारको क्रममा जाकेसको मृत्यु भएको गोदावरी ७ का वडासदस्य मानबहादुर तामाङले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij