
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको सानेपामा एकजना भारतीय नागरिकको हत्या भएको छ । हम्मर प्रहार गरेर सत्यनारायण पारिखको हत्या भएको प्रहरीले जनाएको छ ।
झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने प्रारम्भिक छानविनबाट देखिएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार घटना पनि शुक्रबार साँझै अथवा शनिबार बिहानतिर भएको हुनसक्ने अनुमान छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij