Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै संक्रमित भेटिए

बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै संक्रमित भेटिए

  • लन्डन - बेलायतमा दुई महिना यता सबैभन्दा धेरै कोरोनाका सङ्क्रमित भेटिएका छन् । यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा यहाँ शुक्रबार दुई महिना यताकै धेरै सङ्क्रमित भेटिएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    images
    images
    images

    शुक्रबार यहाँ ६ हजार २३८ जना कोरोनाका सङ्क्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा करिब दुई महिना यताकै धेरै हो । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४५ लाखभन्दा बढी सङ्क्रमित भेटिएका पाइएको छ । 

    यहाँ कोरोनाबाट अहिलेसम्म कम्तीमा १ लाख २७ हजार जनाको ज्यान गएको पनि पाइएको छ । अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् ।सिन्ह्वा

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij