
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या ५ लाख ८५ हजार १ सय पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १६ हजार ८ सय १४ परीक्षणमा सो परिणाममा संक्रमित थपिएका छन् ।
त्यस्तै,पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ६८ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij