
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ । देशभरका प्रयोगशालामा गरिएको २० हजार ८ सय १३ परीक्षण गर्दा सो परिमाणमा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या २ हजार १० बढी रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ७६ हजार १ सय ३० पुगेको छ । भने पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ७ हजार ७ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij