Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

पुरुषका लागि कपाल झर्नबाट बचाउने यी हुन् प्रभावकारी उपाय !

पुरुषका लागि कपाल झर्नबाट बचाउने यी हुन् प्रभावकारी उपाय !

  • काठमाडौँ। व्यस्त जीवन र आधुनिक जीवनशैलीका कारण मानिसमा थुप्रै किसिमका समस्याहरु आइरहेका छन्। अत्याधुनिक जीवनशैलीकै कारण महिला तथा पुरुषमा धेरै किसीमका स्वास्थ्य समस्या निम्तिएको छ। महिलाहरुमा सौन्दर्यताको ज्ञान भएका कारण पनि धेरैजसो महिलाहरु आफ्नो शरीरका हरेक अंगको विशेष ख्याल राख्ने गर्दछन्।
     
    यद्यपि, केहि स्वास्थ्य अवस्थाका कारण उनीहरुमा पनि थुप्रै नकारात्मक प्रभावहरु देखिन्छन्।  तर, पुरुषहरुमा त्यस्तो ज्ञान र आलस्यपन नभएका कारण आफ्नो शरीरको ख्याल राख्न पूर्णरुपमा चुक्दछन्। धेरै समस्याहरुका बीच पुरुषहरुमा देखिने मूल समस्या भनेको कपाल झर्ने समस्या हो। जुन आधिकांश पुरुषहरुले शुरुवातमा ध्यान दिदैनन् र पछि आएर आफ्नो जवानीप्रति बिलौना गर्न थाल्छन्।   

    onlinepatrika
    Arghakhachi

    यसैगरी, धेरैजसो पुरुषहरूले आलस्यका कारण लामो समयसम्म एउटै किसिमको उत्पादनहरु प्रयोग गरिरहने  र उक्त उत्पादनको अत्याधिक प्रयोगले कपालमा नयाँ किसिमका समस्याहरु देखिन थाल्छन्। जसका कारण, कपाल सुख्खा हुने, टुक्रिने  र कपाल झर्न्ने समस्या उत्पन्न हुन थाल्छ।  

    AGNI GROUP

    यसरी कपाललाई ध्यान राख्नुहोस् 

    १. तोरीको र जैतुनको तेल मिलाइ कपालमा मसाज गर्ने – तोरीको र जैतुनको तेल मिलाइ कपालमा हल्का हातले मालिस गर्दा टाउकोलाई आराम हुनुका साथै कपाल झर्ने समस्या पनि बिस्तारै निदान हुन्छ। यसैगरी, हत्केलामा उक्त तेल लिएर तालुमा ठोक्नुहोस्, जसले गर्दा कपालमा चायाँ पर्ने समस्या पनि निर्मुल हुँदै जान्छ। कपालमा मज्जाले तेल लगाइसकेपछि तौलियालाई तातो पानीमा भिजाउने र त्यस तौलियाको बाफले टाउकोलाई सक्ने, यसो गर्दा टाउकोको सबै प्वालहरु खुल्छ र तेल कपालको जरासम्म पुग्दछ। जसले गर्दा कपाल मजबुद हुने गर्छ।  

    २. अण्डा लगाउनुहोस् – सर्वप्रथम एउटा अण्डा लिनुहोस् र त्यस अण्डाबाट पहेँलो भागलाई निकाल्नुहोस्, र त्यसलाई मजाले फिटेर कपालमा राम्रोसँग लगाउनुहोस्। आधा घण्टा पश्चात श्याम्पु लगाई राम्रोसँग धुनुहोस्। हप्तामा एक वा दुई पटक सम्म यस प्रक्रियालाई गर्नाले कपाल बलियो हुँदै जान्छ।  

    ३. भिजेको कपालमा काइँयो नलगाउनुहोस् –  भिजेको कपालमा  कहिल्यै पनि काइँयो नलगाउनुहोस्। यदि भिजेको कपाल कोर्ने परे लामो दाँत भएको काइयो प्रयोग गर्नुहोस्। यद्यपि भिजेको कपालमा काइँयो प्रयोग नगरे पनि सुख्खा कपालमा २–४ पटकसम्म काइँयोले कपाल कोर्न सकिन्छ।  यसो गर्दा, कपालमा जमेका फोहोर तथा चिल्लोपाना निस्किन्छ र नयाँ कपाल आउन मद्दत मिल्छ।  

    ४. जेल र हेयर स्प्रे नलगाउनुहोस् – रसायानिक पदार्थयुक्त जेल र  हेयरस्प्रे कपालमा लगाउँदा निकै नोक्सानी हुन्छ।  रसयानिक पदार्थ कपालको भित्री जरामा छिरी कपाललाई जरैबाट मार्न सक्छ।  

    यसैगरी, टाउकोमा अधिकांश समय क्याप, टोपी वा ह्याट पनि लगाउनु हुँदैन।  यसो गर्नाले पसिना, कीटाणु र फोहोर टाउकोमा जम्ने गर्छन् र कपाल जरैबाट मर्ने सम्भावना हुन्छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij