
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । नेपाल एयरलाइन्सको जहाज आज चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले सहयोग स्वरुप दिने कोरोनाभाइरसविरुद्धको खोप लिन जहाज त्यसतर्फ बेइजिङ जाने भएको हो ।
चीन सरकारले दिने १० लाख डोज कोरोनाभाइरसविरुद्धको खोप मध्ये ८ लाख डोज लिन जहाज बेइजिङ उड्न लागेको हो। जहाज आज राती ११ बजे काठमाडौंबाट बेइजिङतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खोप लिएर जहाज मंगलबार बिहान काठमाडौं तर्फ उड्नेछ । बाकीँ २ लाख डोज कोरोना खोप तातोपानी नाका हुँदै आउनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij