Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

घट्यो संक्रमणदर : थपिए ४३ सय ६९ संक्रमित, ६ हजार बढी संक्रमणमुक्त

घट्यो संक्रमणदर : थपिए ४३ सय ६९ संक्रमित, ६ हजार बढी संक्रमणमुक्त

  • काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा घटाएसँगै कोरोना संक्रमितको संख्यामा कमि आएको छ ।

    images
    images
    images

    नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९ सय ८६ जनाको परीक्षण गर्दा ३ हजार ७ सय २ र १ हजार ७ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।

    यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप १०९ जनाको निधन भएको छ । यो सँगै कोरोनाको कारण ज्यान गुमाउनेको कुल संख्या ७ हजार २ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९७ रहेको छ । जसमध्ये ७ हजार ५ सय ६३ जना संस्थागत आइसोलेसन र १ लाख १ हजार ३ सय ३४ जना होम आइसोलेसन रहेका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार २ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने काठमाडौंमा ८ सय ४, भक्तपुरमा ११३ र ललितपुरमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij