Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । बिहान उठेपछिको तपाईंको दैनिकी के के हुन्छ रु सम्झनुहोस् तपाईंले आफ्नो स्वास्थ्यका लागि पनि केही गर्नुहुन्छ रु अरु धेरै पर्दैन नियमित खाली पेटमा एक गिलास पानी पिउनुभयो भने तपाईलाई निरोगी बनाउन ठूलो सहयोग मिल्नेछ ।
नियमित खाली पेटमा पानी पिउँदा हुने पाइदा थाहा पाउनुहोस् :
बिहानै उठेर पानी पिउँदा शरीरभित्रका हानीकारक तत्व सफा हुन्छ । रगत सफा हुन्छ । र छालासमेत स्वस्थ भई चमक आउँछ ।बिहानै पानी पिउने गरे शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ। शरीरका मांसपेशीसमेत बलियो हुन्छ ।
खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन शुरु गरिहाल्नुस् ।बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ ।बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij