Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

गुड न्यूज : कोरोनालाई जित्नेको बढ्यो लश्कर

गुड न्यूज : कोरोनालाई जित्नेको बढ्यो लश्कर

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुने भन्दा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढी रहेको छ ।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १६ जना कोरोना संक्रमण मुक्त हुँदा ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर १९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भने ३ सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

    हाल नेपालमा १ लाख १७ हजार ७७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ हजार ४ सय ५७ जना संस्थागत आइसोलेसन र १ लाख ८ हजार ६ सय २० जना होम आइसोलेसनमा रहेको सहप्रवक्ता अधिकारीले बताए ।

    त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार १ सय ३९ जना, भक्तपुरमा १ सय १३ जना र ललितपुरमा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    हाल नेपालमा ८ सय ५३ जना क्वारेन्टाइनमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij