Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पेट घटाउन अपनाउनैपर्ने पाँच तरिकाहरु यस्ता छन् !

पेट घटाउन अपनाउनैपर्ने पाँच तरिकाहरु यस्ता छन् !

  • कसैलाई पेट घटाउने चिन्ता हुन्छ भने कसैलाई पेट बढाउने । तर पेट बढाउनुभन्दा स्वस्थ्यको लागि घटाउनु नै उपयुक्त मानिन्छ । ठुलो पेटले विभिन्न किसमका रोगहरुलाई संरक्षण मात्र हैन रोग फैलाउने काम पनि गर्छ ।

    images
    images
    images

     त्यसैले ठूलो पेटलाई घटनाउन सुत्नुभन्दा अघि तपाईले यी पाँच तरिका अपनाउनुभयो भने तपाईंलाई केही राहत अनुभूति हुनेछ ।

    १- तनाव नियन्त्रण

    तनावले मानिसलाई रोगी बनाइरहेको हुन्छ । त्यसैले दिनभर तपाईं तनावपूर्ण काम गर्नुहुन्छ भने पनि बेलुका सुत्नेबेला आफूलाई सहज बनाएर शान्त भएर सुन्तुहोस् । जसले तपाईंको मोटोपनालाई नियन्त्रण गर्नेछ ।

    मोटोपना अव्यवस्थित खानपिन तथा शारिरीक कसरतको अभावमा बढ्ने भएकाले तपाईले खानपिनलाई व्यवस्थित बनाउनु आवश्यक छ भने स्वस्थ रहन शारिरीक कसरतको पनि आवश्यकता छ । 

    २- खाना अघि सुप खाने

    हामीले बिहान र बेलुका खाना (दाल, भात, तरकारी) खाने गरेका छौं । खाना सकेसम्म हलुका खालको खाने र खानुभन्दा अघि दाल वा कुनै सुप खाने गर्नुभयो भने पेट घटाउन मद्दत पुग्नेछ ।

    ३- सुत्नुभन्दा दुई घण्टा अघि खाना खानुहोस्

    ढिलो खाना खाने तथा खाना खाएलगत्तै सुत्ने दैनिकीले हाम्रो पेट बढाइरहेको हुन्छ । त्यसैले सुत्नभन्दा दुई घण्टा अघि खाना खाएमा मोटाउनेक्रम धेरै कम हुन्छ । सम्भव भए खाना खाएर केही समय हिड्नु अझै लाभदायक हुनेछ ।

    ४- खुर्सानी खानुहोस्

    खुर्सानीले शरीरमा भएको बोसो कम गराउने भएकाले साँझको खानामा खुर्सानी खानु पेट घटाउनका लागि लाभदाय मानिन्छ । त्यसैले बेलुकाको खाना खाँदा सकेसम्म पीरो खुर्सानी खाने बानी गर्नुहोला ।

    ५- ग्रीन टी पिउनुहोस्

    धेरै ग्रीन टी पिउनु स्वास्थ्यका लागि राम्रो मानिँदैन । यद्यपी बेलुका खानापछि एक गिलास ग्रीन टी पिउनुभयो भने त्यसमा भएको मोटोपन घटाउने तत्वले तपाई सुतेको अवधिभर काम गर्ने भएकाले पेट घटाउन सहयोग पुग्छ । एजेन्सीको सहयोगमा 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij