Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने

उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने

  • कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । 

    images
    images
    images

    उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना सङ्क्रमित राख्न सकिने आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।

    भक्तपुरको चाँगुनारायण नगरपालिकाको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवन, नागार्जुन नगरपालिकाको सीतापाइलामा रहेको सहरी विकास विभागको भवन र चन्द्रागिरि नगरपालिकाको दहचोकमा एकीकृत आइसोलेसन सेन्टर सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका फोरमले जानकारी दिएको छ ।

    टोखा नगरपालिकाको सामाखुसीस्थित राधास्वामीको भवनमा एकीकृत आइसोलेसन सेन्टर भने गत शुक्रबारदेखि सञ्चालनमा आइसकेको छ । उपत्यकाका १८ वटा नगरपालिकालाई पायक पर्ने चार स्थानमा ठूला प्रकृतिका आइसोलेसन सञ्चालन गर्न लागिएको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ससाना आइसोलेसन केन्द्र सञ्चालन गर्दा पर्याप्त जनशक्ति र स्वास्थ्य पूर्वाधार अभाव हुने, साथै बिरामी जोखिममा पर्ने भएकाले कम क्षमताका आइसोलेसन केन्द्र सञ्चालन नगर्न सरोकारवालालाई आग्रह गरेको थियो । मन्त्रालयको यो आग्रहसँगै फोरमले धेरै बिरामी अट्ने क्षमताका एकीकृत आइसोलेसन केन्द्र सञ्चालन गर्न लागेको हो । देशभर रहेका एक लाखभन्दा बढी सक्रिय सङ्क्रमितको आधा सङ्ख्या उपत्यकामै छ ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij