Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एक महिनाको अवधिमा कसैको पनि मृत्यु नभएको त्यो रात !

एक महिनाको अवधिमा कसैको पनि मृत्यु नभएको त्यो रात !

  • काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार  राति  बाँकेका कुनै पनि सङ्क्रमितको  मृत्यु नभएको  जिल्ला  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

    images
    images
    images

    जिल्ला  कोभिड–१९  सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले शनिबार अपराह्न चार बजेदेखि आइतबार दिउँसोसम्म बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा   पहिलोपटक जिल्लाका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको बताए ।

    तर, सो अवधीमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका  आठजना सङ्क्रमितको भने  उपचारकै क्रममा रातभरिमा मृत्यु भएको उनले बताए ।

    फोकल  पर्सन  ओलीका  अनुसार  गत  एक महिनायता  रातभरि  र  अर्को  दिन  दिउँसोसम्म बाँकेका  कुनै  पनि  सङ्क्रमितको  मृत्यु  नभएको यो पहिलोपटक हो । यसअघि हरेक राति जिल्लाका  पाँचदेखि  १० जनासम्मको मृत्यु हुँदै आएको थियोध्र बाहिरी जिल्लाबाट आएर उपचार गराइरहेकामध्ये गएराति ६ जनाको भेरी अस्पताल र दुईजनाको मेडिकल कलेज कोहलपुरमा  मृत्यु भएको ओलीले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij