Jun 14 2026 | २०८३, जेठ ३१ गते
'सिलिण्डरबाट चिसो चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण पैदा हुने ब्ल्याक फङ्गसजस्ता समस्या निम्त्याउने खतरा हुन सक्छ ।”
काठमाडौं । कोभिड उपचारको छ हप्ता भित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स)का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् । एम्समा न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरत्चन्द्रले एएनआईसँगको कुराकानीमा भन्नुभयो, “‘फङ्गल’ संक्रमण कुनै नयाँ समस्या होइन । सङ्क्रमणका धेरै कारणहरू हुन सक्छन् ।
सबभन्दा महत्वपूर्ण कारणमध्ये एक मधुमेहको नियन्त्रण हुननसक्नु, रोगीलाई भेन्टिलेसनमा राखी पूरक अक्सिजन दिँदा यो सङ्क्रमण हुनसक्छ ।
कोभिड उपचार को छ हप्ता भित्रमा यदि मानिसहरूलाई यी कुनै पनि कारण कालो फङ्गसको उच्च जोखिम रहने गर्छ, डाक्टर शरत्चन्द्रले बताउनुभयो । उहाँले सचेतनाका लागि भन्नुभयो, “सिलिण्डरबाट चिसो चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण पैदा हुने ब्ल्याक फङ्गसजस्ता समस्या निम्त्याउने खतरा हुन सक्छ ।”
भारतका विभिन्न भागहरूमा ‘कालो ढुसी’ संक्रमणका घटनाहरू जानकारीमा आइरहेका छन् । राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलङ्गना र तमिलनाडुजस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत यसलाई ‘अधिसूचित’ रोग घोषणा गरिसकेका छन र यसैले प्रत्येकम्युकोर्माइकोसिस’को अवस्था राज्य सरकारलाई रिपोर्ट गर्नु अनिवार्य बनाएको छ ।
कोभिड महामारीको अतिरिक्त कालो ढुसीको सङ्क्रमण समस्या बढ्दो चिन्ताको बीचमा, दिल्लीको सर गंगाराम अस्पतालमा सानो नशाको म्युकोर्मिकोसिसको दुर्लभ घटनाहरू देखिएका छन् । एएनआई
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij