Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

ओखर खानुस हुनेछ फाइदै फाइदा

ओखर खानुस हुनेछ फाइदै फाइदा

  • काठमाडौँ। देशभरमा कोरोनाभाइरसको दोस्रो लहरका कारण ठूलो संख्यामा मानिसहरु पीडित बनिरहेका छन् । मानिसहरुलाई पनि यतिबेला घरमा बसेर आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्न राज्यस्तरबाट अनुरोध गरिएको छ। यस भाइरसले अहिले दीर्घरोगीहरुलाई पनि आफ्नो शिकार बनाइरहेको छ । यस्तो अवस्थामा घरमा बसेर स्वास्थ्यका मापदण्ड अपनाई आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्ने र पोषणयुक्त खानेकुराहरु खानु आवश्यक हुन्छ। कोरोना भाइरसको दोस्रो लहर चलिरहेको बेला ओखर खानु कति फाइदाजनक हुन्छ त् ? यसैका सम्बन्धमा यहाँ उल्लेख गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    जानुहोस् ओखर खानुका फाइदा

    AGNI GROUP

    प्रतिरक्षा सुदृढ गर्न मद्दत गर्ने – ओखरमा प्रचुर मात्रमा एन्टिअक्सिडेन्ट तत्व पाइने भएकाले यसले प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ। साथै दैनिक ओखरको सेवन गर्दा नयाँ रोग लाग्नबाट पनि बचाउँद छ। यसलाई सेवन गर्दा भिजाएर नियमितरुपमा सेवन गर्दा प्रभावकारी हुन्छ।

    मुटु रोगीका लागि फाइदाजनक – ओखरमा हेल्दी फ्याट, भिटामिन, फाइबर, प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेसियम, कपर, सेलेनियम, र ओमेगा फ्याट्टी एसिड जस्ता धेरै फाइदाजन पोषक तत्वहरू हुन्छन्। त्यसैगरी, ओखर मुटुका बिरामीहरूका लागि राम्रो मानिन्छ। नियमित रूपमा ओखर सेवन गर्ने मानिसहरूमा सुन्निने समस्या पनि कम हुन्छ। यसकासाथै, यसले मुटु रोग लाग्ने सम्भावनालाई पनि कम गर्छ। कोरोनाबाट निको भएका धेरै व्यक्तिलाई हृदयघात भएको समस्या पनि देखापरेको छ। जसकारण, मुटुलाई स्वास्थ्य राख्न ओखरको सेवन गर्नु फाइदाजनक मानिन्छ।

    तनाव कम गरी राम्रो निद्रा लगाउने – यस कोरोनाको अवधिमा अधिकांश मानिसलाई केहि न केहि कारणले तनाव सृजना गरिरहेको छ। यस्तो अवस्थामा, ओखरले तनावबाट मुक्त गराउन मद्दत गर्दछ, जसले राम्रो निद्रा लाग्छ। एकातिर ओखरमा रहेको ओमेगा ३ फ्याटी एसिडले रक्तचापलाई सन्तुलनमा राखी तनावलाई कम गर्दछ, अर्कोतर्फ ओखरमा रहेको मेलाटोनिनले राम्रो निद्रा प्राप्त गर्न सहयोग पु¥याउँछ।

    अन्य फाइदा – ओखरको दैनिक सेवनले हड्डीहरूलाई मजबुत बनाउन मद्दत गर्दछ। भिजाएर राखेको ओखर खानाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्दै मधुमेहलाई पनि नियन्त्रणमा राख्न ठुलो भूमिका खेल्छ। यस बाहेक, ओखरको सेवनले क्यान्सर जस्तो प्राणघातक रोगको जोखिम पनि कम गर्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij