Jun 14 2026 | २०८३, जेठ ३१ गते
ललितपुरमा कोरोना जित्नेहरुको संख्या १९ हजार ४ सय ९६ पुगेको छ ।
ललितपुर । कोरोना कहरले यतिखेर सबैलाई छोएको छ । प्रत्यक्ष/अप्रत्यक्ष शैलीमा जनजीवन अस्तव्यस्त बनेको छ । परिवार र समाजभित्र कोरोनाले आक्रमण गरेर त्रसित बनाउँदै लगिरहेको छ । यस्तो बेला ललितपुरको कोरोना प्रतिवेदनले भने ढुक्क बनाएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले उपलब्ध गराएको जेठ ५ गतेसम्मको विवरणमा यस्तो पाइएको हो । स्वास्थ्य कार्यालयको विवरणलाई नियाल्ने हो भने अब ललितपुरमा संक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ५६ मात्रै छ । यो संख्या भने काठमाडौंमा हरेकदिन देखिएको संख्या बराबर नै हो ।
स्वास्थ्य कार्यालय ललितपुरका कोभिड समन्वयकर्ता उपेन्द्र अर्यालका अनुसार यसलाई सुरक्षा र सतर्कताको मापनको रुपमा लिन सकिन्छ । अर्यालले अनलाइन पत्रिकालाई भने, ‘सुरक्षाका मापदण्डमा सम्झौता गर्नुभएन ।’
कार्यालयको विवरणमा उल्लेख भएअनुसार जेठ ५ गतेसम्म संक्रमितको संख्या २७ हजार २ सय ५२ पुगेको थियो । त्यसमा डिस्चार्ज हुनेहरुको संख्या १९ हजार ४ सय ९६ छ । साथै, ललितपुर जिल्लामा अब संक्रिय संक्रमित ७ हजार ४ सय ५६ छ । र, मृत्युहरुको संख्या ३ सय छ ।
यो विवरण स्वास्थ्य र सतर्कताको मार्कसिट नै हो । स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ प्रशासक डा. खगेश्वर गेलालले भने, ‘हामीहरुले सुरक्षा अपनाउनुस् भनिरहँदा नागरिक स्वयम सचेत भएको परिणाम हो यो ।’ डा. गेलालले भने, ‘अब केही सातासम्म सुरक्षाका सम्पूर्ण विधिहरु अक्षरंश पालना गर्न सक्यौं भने ललितपुर कोरोनामुक्त हुनेछ ।’
यसैबीचमा ललितपुरमा कोभिड १९ विरुद्धको दोश्रो मात्राको खोप दिने कार्यक्रम हिजोदेखि जारी नै छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij