Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

गर्मीमा छाला स्वस्थ राख्नको लागि खानुस् यी खानेकुरा

गर्मीमा छाला स्वस्थ राख्नको लागि खानुस् यी खानेकुरा

  • गर्मी होस् वा चिसो, छालाको सफाइ अनिवार्य छ। यदि छाला सफाइ गरेपछि अलि कडा हुन्छ भने छाला क्लिनर सही छैन भन्ने बुझ्नुपर्छ। यो अवस्थामा तेल आधारित क्लिनर प्रयोग गर्नुपर्छ, किनकि यसले छालामा नरम बनाउँछ। यसका साथै फलफूल र हरियो सागपात सेवन गर्दा पनि छाला स्वस्थ रहन मद्दत गर्छ। ब्युटिसियनका अनुसार गर्मीमा यी खानेकुरा खाएर छाला स्वस्थ राख्न सकिन्छ।

    onlinepatrika
    Arghakhachi

    अन्डा

    AGNI GROUP

    हामी सबैलाई जानकारी नै छ, अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ। अण्डाको सेतो भागमा प्रोटिन तथा एल्ब्युमिन पाइन्छ। त्यसकारण अण्डा सेवन गरे छालामा दाग तथा धब्बा आउन दिँदैन। अण्डाको सेतो भागमा पाइने भिटामिन र मिनरलले छालालाई स्वस्थ राख्न मद्दत पु-याउँछ।

    गाँजर

    गाँजर सेवनबाट पेटको समस्या हटाउँछ। यसका साथै रगतको सफाइ पनि गर्छ। गाँजरमा भरपूर मात्रामा भिटामिन ए पाइन्छ।

    यसले छालामा निखार ल्याउन मद्दत पु-याउँछ।

    बदाम

    बदाममा प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ। यसको नियमित सेवनले छाला स्वस्थ राख्न मद्दत पु-याउँछ। यस्तै, स्मरण शक्ति राम्रो बनाउन पनि यो रामवाण नै मानिन्छ। चिसो मौसममा बदाम खाने सल्लाह दिने गरिएको पाइन्छ। बदामको दूध स्वास्थ्यको लागि फाइदाजनक छ। यसको दूधले शरीरमा सुगर लेबललाई कन्ट्रोल राख्छ।

    फर्सीको बिज

    फर्सीको बिजमा भिटामिन ए, भिटामिन सी र जिंक पाइन्छ। यसले छाला स्वस्थ राख्न मद्दत गर्छ। एजेन्सीको सहयोगमा

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij