Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

तपाइँ स्वस्थ कि अस्वस्थ ? महिनावारीको बेला बग्ने रगतको रंगबाटै थाहा हुन्छ !

तपाइँ स्वस्थ कि अस्वस्थ ? महिनावारीको बेला बग्ने रगतको रंगबाटै थाहा हुन्छ !

  • काठमाडौं । महिलाको योनिबाट प्रत्येक महिना रगत बग्नुलाई भनिन्छ । यो प्रक्रिया ५ देखि सातदिनसम्म चल्छ भने कतिपय महिलाको ४ देखि ५ दिनसम्म चल्छ । यस क्रममा महिलालाई चिडचिडाहट हुने, शरिर दुख्ने, पेट दुख्नेलगायतका विभिन्न समस्या देखा पर्न थाल्छन् ।

    images
    images
    images

    सामान्यतया सबैलाई लाग्छ कि महिनावारीको समयमा हुने रक्तश्राव रातो नै हुन्छ । तर वास्तवमा त्यसो हुँदैन । रगतको बाक्लो, खैरो, गाढा रातो र गुलावी रंगको हुन्छ । रगतका विभिन्न रंगले तपाईको स्वास्थ्य स्थिती ठिक छ कि छैन भन्नेबारे संकेत गर्दछ । स्त्री रोग विशेषज्ञका अनुसार महिनावारीको रगतले निम्न संकेत गर्दछ ।

    बाक्लो रगत तथा खैरो रंग : यदि तपाईको रगत बाक्लो तथा हल्का खैरो रंगको देखा पर्दछ भने यो पुरानो रगत हो । र तपाईंको महिनावारी अनियमित रुपमा भइरहेको छ । यो रगत लामोसमयसम्म पाठेघरमा जाम भएर बसेको हुन्छ र महिनावारीको समयमा ढिक्का बनेर बाहिर निस्कन्छ ।

    गाढा रातो रंग यो रगत : ताजा र चाडै बाहिर निस्केको रगत मानिन्छ । यो रगत फिक्का हुन्छ, तर महिनावारि भएको पहिलो दिन बाक्लो रुपमा रक्त श्राव हुन्छ ।

    हल्का रातो रंग : यदि तपाइको रक्तश्राव फिक्का तथा रातो हल्का भइरहेको छ भने तपार्इं स्वस्थ हुनुहुन्छ । यस्तो रगत महिनावारि भएको चौथो दिनसम्म फ्लो भइरहन्छ ।

    कालो तथा गाढा रातो : कालो रगत खतराको संकेत हो । पाठेघरमा संक्रमण भएको कारण यस्तो रगत देखा पर्न थाल्छ । यसको कारण पछि गएर गर्भ नरहने समेत हुन सक्छ । महिनावारी भएको समयावधिमा यस्तो समस्या देखा परिरहेमा तुरुन्तै डाक्टरसंग सल्लाह लिनुपर्छ ।

    गुलावी रंग : यदि महिनावारीको समयमा यस्तो रगत देखा परेमा पाठेघरमा संक्रमणको समस्या हुन सक्छ । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij