Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

ललितपुरमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन आज देखि शुरु

ललितपुरमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन आज देखि शुरु

  • ललितपुर । ललितपुर महानगरपालिकाभित्र आज (बिहीबार) देखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन शुरु गरिएको छ। ललितपुरमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज दिन लागिएको हो। 

    onlinepatrika
    Arghakhachi

    खोप लगाउनका लागि महानगरले महानगर भित्र रहेको २९ वडाको २९ स्थानमा केन्द्र तोकिएको छ। खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाउन सकिने महानगरपालिकाले जनाएको छ। 

    AGNI GROUP

    शनिवारबाहेक जेठ ६ देखि जेठ १३ गतेसम्म आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सकिने महानगरले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । ललितपुरमा ४८ हजार ७ सयभन्दा धेरैले पहिलो डोज लगाएको महानगरपालिकाको तथ्यांकमा छ।

    दोस्रो डोज लगाउनका लागि पहिलो डोज खोप लगाएको कार्ड अनिवार्य लिएर उपस्थित हुनुपर्नेछ।

    यी हुन् खोप केन्द्र :

    lali.jpg

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij