काठमाडौं । सरकारले देशभरका ३० वटा अस्पतालबाट कोरोना संक्रमितलाई निःशुल्क उपचार दिने भएको छ । बुधबार(आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै देशभरका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिने जानकारी दिएको हो ।
मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमितको निःशुल्क उपचार गरिने निजी अस्पताल तथा मेडिकल कलेजको नाम सार्वजनिक गरेका छन् । ७ वटा प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग सरकारले यस सम्बन्धी सम्झौता गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचार गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने प्रवक्ता अधिकारीले बताए ।
यी हुन् निशुल्क उपचार गर्ने ३० वटा निजी अस्पताल तथा मेडिकल कलेज :