
Apr 22 2025 | २०८२, वैशाख ९ गते
हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ । मन्त्रालयका अनुसार ३५ नमुनाको आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ । हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij