
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । स्तन क्यान्सर आजको दिनमा आम रोग बनेको छ । स्तन क्यान्सरका कारण विश्वमा प्रत्येक वर्ष लाखौँ महिलाले ज्यान गुमाइरहेका छन् । आजभोलि कम उमेर समूहका महिलामा समेत स्तन क्यान्सर देखिने गरेको छ ।
आयुर्वेदविद्का अनुसार स्तन क्यान्सरको मुख्य कारण अव्यवस्थित दिनचर्या र जीवनशैली नै हो । अधिक मात्रामा अण्डा, माछामासु, रक्सी र लागुपदार्थको सेवन तथा निन्द्रको गडबडीले पनि महिलामा स्तन क्यान्सरको जोखिम बढाउने विज्ञहरु बताउँछन् । यदि कुनै कारणले महिलाको स्तनमा चोट पुगेको छ र स्तनका नलीहरु अवरुद्ध भएका छन् भने यो अवस्थामा पनि स्तन क्यान्सरको जोखिम हुने विज्ञको भनाइ छ ।
आयुर्वेदको प्रभावकारी उपचारले स्तन क्यान्सर जस्तो गम्भीर रोगहरूबाट मुक्ती दिलाउँछ । आयुर्वेद एक प्राचीन आयुर्वेदिक चिकित्सा प्रणाली हो जुन गम्भीर रोगहरूको उपचारको लागि प्रसिद्ध छ र यस चिकित्सा अभ्यासको कुनै साइड इफेक्ट हुँदैन।
स्तन क्यान्सरका सामान्य लक्षणहरु :
१,स्तनमा लामो समयसम्म हल्का वा गम्भीर दुखाइ हुनु ।
२,स्तनमा गिर्खाहरु देखिनु ।
३, स्तन छुँदा दुख्नु ।
४, स्तन कडा हुनु, सुन्निनु ।
५ ,स्तनको तापक्रम बढ्नु, छुँदा तातो अनुभुति हुनु ।
६, बेचैनी र शरीर सुस्त हुनु ।
क्यान्सरको आयुर्वेदिक उपचार
स्तन क्यान्सरको समस्याबाट छुटकारा पाउन आयुर्वेदिक उपचार लाभदायी हुन्छ । आयुर्वेदको जडिबुटी औषधिहरूको नियमित सेवनले स्तन क्यान्सरको जोखिम कम गर्दछ । आयुर्वेदको पञ्चकर्मा थेरापी पनि स्तन क्यान्सरको उपचारको लागी एक प्रभावकारी विकल्प हो ।
आयुर्वेदले आहारमा अधिकतम जोड दिन्छ र यदि प्रारम्भिक लक्षणहरू थाहा भएमा स्तन क्यान्सरलाई विशेष डाईट र आयुर्वेदिक औषधिहरूको सेवनले निको पार्न सकिन्छ । आयुर्वेदले स्तन क्यान्सरबाट पीडित महिलाहरूलाई प्रशस्त मात्रामा भिटामिन डी युक्त खाना खान सल्लाह दिन्छ । किनकी भिटामिन डिको कमि भएका महिलामा स्तन क्यान्सरको जोखिम बढी भएको विभिन्न अनुसन्धानमा पाइएको छ ।
स्तन क्यान्सरबाट बच्न के खाने के नखाने ?
१,लसुन र प्याजको सेवनले स्तन क्यान्सरबाट बचाउँछ ।
२,अंगुर, किसमिस पनि स्तन क्यान्सरको निदानका लागि उपयोगी मानिन्छ ।
३,अदुवा, ग्रिन टीको सेवनले पनि स्तन क्यान्सरको जोखिम कम गर्छ ।
४,दुध वा दुधबाट बनेका परिकारहरु धेरै सेवन नगर्ने ।
५,स्तन क्यान्सरबाट पीडित महिलाले धुम्रपान गर्नु हुँदैन ।
६,चिया र कफिबाट टाढै रहनुस् ।
७,मास र मुसुरोको दाल नखानुहोस् ।
८,आफ्नो भोजनमा अण्डा र मासु समावेश नगर्नुहोस्
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij