
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा निर्देशक विजय जलानको निधन भएको छ ।
बिगत दुई सातादेखि ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा उपचारत ४६ वर्षिय जलानको कोभिड १९ बाट संक्रमणका कारण निधन भएको हो। उनको आज बिहान करिब ८ बजे निधन भएको हो । उनी वर्ल्डलिंकका संस्थापक सदस्य थिए । अध्यक्ष दिलिप अग्रवाल, स्वर्गिय जलान र अर्का संस्थापक सदस्य मनोज अग्रवाल मिलेर तत्कालिन समयमा वर्ल्डलिंकको स्थापना गरेका थिए ।
महोत्तरी जिल्लाको जलेश्वरमा जन्मिएका स्वर्गिय जलानको श्रीमती र एक छोरा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij