
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्दै जेठ १३ सम्म लम्ब्याउने निर्णय गरेको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको अवधि बढाएको हो ।
बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको छ । अहिले सम्म विवाह, ब्रतबन्ध जस्ता कार्यक्रमहरुमा १५ जनासम्म सहभागि हुन अनुरोध गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij