Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

यी हुन् खानापछि गुलियो खानुको फाइदा !

यी हुन् खानापछि गुलियो खानुको फाइदा !

  • काठमाडौं । प्राचीन समयदेखि नै मानिसहरूले आफ्नो खानामा ध्यान दिँदै आएको पाइन्छ । चिकित्सा शास्त्रहरुले तोके अनुसार पहिलेदेखि नै कुन समयमा कति मात्रामा खाना खाने भन्ने बारेमा पूर्खाहरु समेत निकै सचेत रहेको पाइन्छ ।

    onlinepatrika
    Arghakhachi

    यति हुँदाहुँदै पनि हामीहरुको खाना खाने विधि र प्रक्रिया आफ्नै किसिमको हुन्छ । जुनसुकै भाषा र धर्मका लागि लेखिएको शास्त्रले पनि यस विषयमा उल्लेख गर्ने गरेको पाइन्छ । यसबारेमा हिन्दु धर्मशास्त्र र आयुर्वेदमा पनि राम्रोसँग उल्लेख गरिएको छ ।

    AGNI GROUP

    प्रायस् हामीहरु खाना खानु अघि वा खानाको समयमा धेरै पिरो खान्छौं र खाना पछि धेरै गुलियो खानेकुरा खाने गर्छों । तर, थोरै व्यक्तिलाई मात्रै थाहा हुन्छ कि खाना खानु अघि मसलेदार खाना खाने वा गुलियो खानेकुरा खानेरु अझ नियमित यसरी खाना खानेलाई पनि किन खाना पछि गुलियो खानेकुरा खाने भन्नेबारे जानकारी नहुनसक्छ ।

    खाना खानु अघि किन खाने पिरो ?

    खाना खानुभन्दा पहिले पिरो खानेकुरा खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । किनभने यसले तपाईंको पाचन प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ । अनुसन्धानकर्ताहरुका अनुसार हामीले पिरो खानेकुरा खाँदा शरीरबाट पाचन रस र अम्ल निस्कन्छ । जसले पाचन प्रक्रियालाई राम्रो बनाउन मद्दत गर्छ ।

    यसबाट पाचन प्रणाली ठिकसँग चलिरहेको छ या छैन भन्ने यकीन समेत गर्न सकिन्छ । आयुर्वेद शास्त्रहरुका अनुसार सुरुमा मसलेदार खाना खाइसकेपछि पाचन तत्व र एसिडहरू पेटमा सक्रिय हुन्छन् । जसको कारण पाचन प्रणाली तेज हुनेगर्छ । खानाको सुरुमा मसलेदार खानाले पेटको जठराग्नी बढाउने गर्छ । जसले भोकलाई जगाउने काम गर्छ ।

    खाना पछि गुलियो खाना खानुको फाइदा ?

    खानाको अन्तिममा हामीले गुलियो खाना खाने गर्छौं । कार्बोहाइड्रेड गुलियो खानेकुरामा धेरै पाइन्छ । जसले पाचन प्रक्रियालाई सुस्त गराउने गर्छ । त्यसैले खाना पकाएपछि गुलियो खाना खाने गरिन्छ । अर्कोतर्फ, मिठाईहरू खाँदा सेरोटोनिन नामको हर्मोनको स्तर बढ्छ । यसले न्यूरो ट्रान्समिटरको रूपमा काम गर्दछ ।
     
    जसले हामीलाई खुशीको अनुभव गराउन मद्दत गर्छ । वास्तवमा, मिठाई खानाले एमिनो एसिड ट्रिप्टोफानको शोषण बढाउँछ । ट्रिप्टोफानले सेरोटोनिनको स्तर बढाउने काम गर्छ । सेरोटोनिन एक न्यूरो ट्रान्समिटर हो । जुन खुशीको अनुभूतिसँग सम्बन्धित छ । कुनैपनि समयमा भारी खाना खाएपछि हाइपोग्लाइसीमियाको अवस्थाबाट गुज्रनुपर्छ । यस अवस्थामा रक्तचापमा उल्लेखनीय कमी आउँछ । यो अवस्थाबाट बच्न खाना पछि गुलियो खानेकुरा खान सल्लाह दिन्छन् चिकित्सकहरु ।

    आयुर्वेदका अनुसार खानापछि गुलियो खानेकुरा खानाले एसिडको तीव्रतामा कमी आउँछ । जसले पेटमा जलन वा एसिडिटी हुँदैन । मिठाईको रुपमा कहिलैपनि सेतो चिनी मात्रै खानु हुँदैन । यो स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसबाट तयार पारिएको अरु मिठाईहरु समेत सकेसम्म कम गर्नुपर्छ । यसले मोटोपना र अन्य स्वास्थ्य जटिलताहरु निम्त्याउन सक्छ । यसको सट्टामा सख्खर वा खुदो खाने गर्नुपर्छ । बरु खैरो रंगको चिनी स्वास्थ्यको लागि कम हानिकारक हुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij