
Jun 08 2025 | २०८२, जेठ २५ गते
महानगरका प्रमुख चिरीबाबु महर्जनले भने, ‘महानगरवासीको स्वास्थ्य र सुरक्षामा कुनै कमी हुन नदिन्न ।’
ललितपुर । ललितपुर महानगरपालिकाले ज्यापू समाजको बागडोलस्थित वृद्धाश्रममा १ सय १० शैय्याको आइसोलेसन सेन्टर शुरू गरेको छ । ललितपुर महानगरपालिका, ज्यापु समाज र सुन्दर ढोका साथी सेवाबीच त्रिपक्षीय सम्झौतापछि उक्त सेन्टर शुरु भएको हो । सम्झौता पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन, ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन र सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विकास अधिकारीले हस्ताक्षर गरेका छन् । सुन्दर ढोका साथी सेवाले उक्त आइसोलेसन सेन्टरका लागि खाना उपलब्ध गराउनेछ ।
ललितपुर महानगरपालिकाले नेपाल युथ फाउन्डेसनको नेपाल पुर्नस्थापना केन्द्रमा एकसाता अघि नै आइसोलेसन सेन्टर सुरु गरिसकेको छ । यो सहित महानगरले संचालन गरेको आइसोलेनमा एक सय ६० शैय्या पुगेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । महर्जनले भने, ‘महानगरवासीको स्वास्थ्य र सुरक्षामा कुनै कमी हुन नदिन्न ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij