
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरका विभिन्न स्थानमा १५९ वटा अक्सिजन सिलिण्डर फेला परेका छन् । महानगरिय प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक प्रज्वल महर्जनका अनुसार प्रयोगविहिन अवस्थामा फेला परेका यी सिलिण्डर जिल्लामा ४ वटा अस्पताललाई वितरण गरिएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई ५० थान, किष्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही चापागाउँ अस्पताललाई १० थान, अल्का अस्पताल १५ थान वितरण गरिएको छ ।
ललितपुरभर कोरोना माहामारीको दोश्रो लहरपछि यी अस्पतालहरुमा विरामीको चाप बढेको र कोरोना नियन्त्रणका लागि अक्सिजन सिलिण्डर आवश्यक भएको भन्दै डीसीसीएमसीको बैठकले निर्णयगरि अक्सिजन सिलिण्डर वितरण गरिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij