Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोरोनाको नयाँ रेकर्ड : एकै दिन थपिए ९ हजार २३ जना संक्रमित , ५० जनाको निधन

कोरोनाको नयाँ रेकर्ड : एकै दिन थपिए ९ हजार २३ जना संक्रमित , ५० जनाको निधन

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २३ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परीक्षणबाट ९ हजार २३ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

    images
    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ५० जनाको निध भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको छ ।

    हाल नेपालमा सक्रिय संक्रमित ७८ हजार ६२९ छन् भने क्वारेन्टाइनमा ३८० जना रहेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij