
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । भने देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८ हजार ९ सय ७० र ७ सय ७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ । २ हजार ७ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । संक्रमित निको हुने दर ७९।४ प्रतिशत रहेको छ ।
निशेधाज्ञा गरेपनि पछिल्लो केहि दिन देखि नेपालमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । बिहिवार(आज)हालसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij