Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ बाट हालसम्म देशभरिमा २२ न्यायाधीस र डेढसय कर्मचारी संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सुरक्षासम्बन्धी मापदण्ड र सतर्कता अपनाउदा अपनाउदै सर्वोच अदात र मातहतका अदालतमा कार्यरत २२ न्यायाधीस र डेढसय कर्मचारी संक्रमित भएका हुन् ।
यो विवरण हेर्नुहोस् :


गृह मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको सूचीअनुसार हाल नेपालमा ४१ जिल्लामा निषेधाज्ञा जारी रहेको छ । निशेधाज्ञा भएका जिल्लाहरुमा बाँके, सुर्खत, काठमाडौं, ललितपुर,भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चिवतन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी र दैलेख रहेका छन्।
पछिल्लो एक सातादेखि काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा निशेधाज्ञा गरे पनि कोरोना मुक्त हुनेको संख्या भन्दा निधन र संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ४७५ जनाले ज्यान गुमाईसकेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij