Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोरोना अपडेट : हालसम्मको रेकर्ड ‘ब्रेक’, एकैदिन थपिए ७४ सय ४८ संक्रमित, ३७ को मृत्यु

कोरोना अपडेट : हालसम्मको रेकर्ड ‘ब्रेक’, एकैदिन थपिए ७४ सय ४८ संक्रमित, ३७ को मृत्यु

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एकैदिन थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण हालसम्मकै उच्च संख्यामा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ३३ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी २ हजार २१ जना कोरोना संक्रमणमुक्त हुँदा कोरोना मुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

    यसअघि आइतवार नेपालमा उच्च संक्रमित थपिएका थिए । आइतवार नेपालमा एकैदिन ७ हजार २ सय ११ कोरोना संक्रमित थपिएका थिए भने २७ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij